spot_img

पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट ४ जनाको मृत्यु

spot_img

 काठमाडौं, पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट चार जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा ७३ वटा विपद्का घटना भएकामा ४ जनाको ज्यान गएको हो ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा हावाहुरीबाट दुई जना, चट्याङबाट एक जना र सर्पदंशबाट एक जनाको ज्यान गएको छ ।

सोमबार साँझको हावाहुरीले उदयपुरको कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको थियो । यस्तै उदयपुरमै रुखले किचेर ५ जना घाइते भएका थिए ।

समग्रमा पछिल्लो २४ घण्टामा १४ जना घाइते भएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img