spot_img

चौरहजारीको नगरप्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

spot_img

काठमाडौँ, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गरिदिएबापत एक लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले उनीसहित घुस दिने कर्मचारीविरुद्ध पनि मंगलबार आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार चौरजहारी नगरपालिकामा असिस्टेन्ट सब–इन्जिनियर पदमा करारमा कार्यरत मोहन शाहको म्याद थप गर्न नगर प्रमुख वादीले घुस मागेका थिए।

उजुरीमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०८१÷८२ का लागि म्याद थप गर्दा नगर प्रमुखले रकम मागेका थिए। रकम बुझाएपछि मात्रै उनको करार नवीकरण गरिएको थियो। तर आर्थिक वर्ष २०८२÷८३ का लागि पुनः एक लाख रुपैयाँ माग्दा नगद उपलब्ध गराउन नसक्ने बताएपछि उनको करार नवीकरण नगरी सेवाबाट हटाइएको पनि उजुरीमा उल्लेख छ। उनले पहिलो पटक रकम जम्मा गरेको बैंक भौचरसमेत प्रमाणका रूपमा पेश गरेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img