spot_img

चिनियाँ राष्ट्रपतिको पुस्तक जलाउनेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

spot_img

काठमाडौँ, गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु¥याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषीउपर आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।

मोरङको मनमोहन टेक्निकल इन्टच्यूटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।

उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौँस्थित चिनियाँ दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। सोही पत्रउपर गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो।

सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङ प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img