काठमाडौं, हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भू–भागमा पछिल्लो २४ घण्टायता मेघगर्जनरचट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको छ।
हाल लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको छ।
उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेको छ। प्रणाली कमजोर भएसँगै पानी कम पर्ने र मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।