काठमाडौं, भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।युवाहरुको समूहले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले जेनजी आन्दोलन खोलामा प्रतिवेदन बन्द झोलामा, कुन भ्रष्टलाई बेचिस ? कार्की आयोगको प्रतिवेदन, कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर, जेनजीहरु नारामा आमा उता रारामा लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर जेनजी शहीद र घाइतेहरुलाई अन्याय गर्न नपाइने उनीहरुले जनाएका छन् । साथै युवाहरुले जेनजी आन्दोलनको ढाडमा टेकेर नेताहरु सांसद बनेपनि जेनजी आन्दोलनको उदेश्य अझै पुरा हुन नसकेको जनाएका छन् ।
उनीहरूले सरकारी संरचना जलाउने र प्रहरीमाथि कुटपिट गर्ने जेनजी आफूहरू नभएको भन्दै भाद्र २३ र २४ का घटनामा दोषि देखिएकालाई कारवाही गर्नुपर्ने माग राखेका छन् । जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपनि अझै सार्वजनिक हुन नसकेपछि युवाहरुले आशंका व्यक्त गरेका छन् ।