spot_img

एमाले संसदीय दलका नेता रावलको कार्यकक्षमा तालाबन्दी

spot_img

धनगढी, नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा एमालेकै भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले तालाबन्दी गरेका छन्।

युवा संघको कञ्चनपुर कृष्णपुर नगर कमिटीले पूर्वमुख्यमन्त्रीसमेत रहेका रावलको कार्यकक्षमा दिउँसो तालाबन्दी गरेको हो । रावल सम्पर्कमा नरहेको भन्दै युवा संघले सम्पर्कमा आउन आग्रह गरेको छ ।

युवा संघले तालाबन्दीपछि साँचो दलको कार्यालयका सहयोगीलाई दिएका थिए । अहिले साँचो खोलिएको छ भने तालाबन्दीमा संलग्न युवासँग धनगढीस्थित एमाले कैलालीको कार्यालयमा छलफल भइरहेको छ ।

सत्तारूढ एमालेको भागमा परेका राजनीतिक नियुक्तिको विषयलाई लिएर एमालेभित्र असन्तुष्टि छ । दलका नेता रावलले पार्टीमा छलफलनै नगरी आफूखुसी नियुक्तिको सिफारिस गरेको आरोप पार्टीका नेताहरूले लगाएका छन् ।

एमाले प्रदेश कमिटीका एक पदाधिकारीका अनुसार यस विषयमा पार्टीका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले पार्टी केन्द्रलाई समेत जानकारी गराएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img