काठमाडौँ ,काठमाडौँ महानगरपालिका वडा नम्बर–११ सुन्धारा स्थित होटल न्यु निप्पोनबाट प्रहरीले लागुऔषध खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएकी ४० वर्षीया सपना गुप्ता, तनहुँको बन्दीपुर घर भएका ४२ वर्षीय लुजा शाक्य र कास्की घर भएका २२ वर्षीय जोशिल बानियाँ छन् ।
चैत ५ मा प्रहरीले उनीहरूलाई होटलबाट पक्राउ गरेको हो । आरोपीहरूले किनबेच गर्न लागेको अवस्थामा ८० ग्राम खैरो हेरोइन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले बताए । तनहुँ घर भएर अहिले चितवन बस्दै आएका लुजा शाक्य कृषि तथा भेटनरी क्याम्पसका शिक्षक हुन् ।
आरोपीहरूमाथि थप अनुसन्धान र कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी भट्टले जानकारी दिए।