काठमाडौँ, नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ।केन्द्रीय समितिको जारी बैठकमा जेनजी आन्दोलनको घटना जाँचबुझका लागि गठन भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकार्षण गराउने निष्कर्ष निस्किएको हो।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय समिति बैठकले उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निष्कर्ष निकालेको हो।
‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारीको विषय पनि हो । यसलाई सार्वजनिक गर्न पार्टीले सरकारसँग माग गर्नेछ,’ पौडेलले भने।
भदौ २३ र २४ गते भएको जेनजी आयोगसम्बन्धी छानबिन गर्न बनेको आयोगले ६ महिनाभन्दा बढी समय लगाएर तयार पारेको प्रतिवेदन सरकारले नबुझाएको भन्दै आलोचना भइरहेको छ।