spot_img

फेक रेस्क्युमा बत्तिस जनाविरुद्ध मुद्दा दायर, सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय

spot_img

काठमाडाैँ, नेपालमा पदयात्रामा आउने पर्यटकको बिमा रकम असुलीका लागि फर्जी उद्धारका नाममा भएको ठगी घटनामा ३२ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । सिआइबीले पक्राउ गरेका माउन्टेन हेलिकोप्टर्स कम्पनीका पूर्वमहाप्रबन्धक राजेन्द्रबहादुर सिंहलाई भने मुद्दा नचलाउने निर्णय गरिएको स्रोत बताउँछ । सिआइबीले भने उनी नै यस प्रकरणका माष्टर माइन्ड भएको दाबी गरेको थियो । सरकारी वकिल कार्यालयको निर्णयमा भनिएको छ, पक्राउ परेका प्रतिवादी राजेन्द्रबहादुर सिंहको हकमा हालसम्मको अनुसन्धानबाट प्रस्तुत कसुरमा संलग्न रहेको साथै कुनै लाभ लिएको नखुलेको हुँदा निजको हकमा हाललाई मुद्दा नचलाउने गरी निर्णय गरिएको हुँदा निकाशा भई आएबमोजिम गरिनेछ।’

साथै, सिआइबीले एक हजार २ सय ४३ पृष्ठ लामो अनुसन्धान प्रतिवेदन बुझाएकोमा सरकारी वकिलले मुद्दालाई कमजोर बनाउने उद्देश्यले सात सय ४८ पृष्ठको अभियोगपत्र बुझाएको छ । दबाबकै कारण एक सातासम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा रोकिएको थियो ।

३२ जनाविरुद्ध संगठित रूपमा राष्ट्रहितविरुद्धको कसुर गरेको अभियोगमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले बताए।

यी हुन् ३२ प्रतिवादी
१.मुक्ति पाण्डे– एभरेस्ट एक्सिपिरियन एन्ड असिसटेन्स प्रालि
२.सुवास केसी –एभरेस्ट एक्सिपिरियन एन्ड असिसटेन्स प्रालि
३.विवेक पाण्डे– माउन्टेन रेस्क्यु सर्भिस
४.जयराम रिमाल –मान्टेन रेस्क्यु सर्भिस
५.विवेकराज थपलिया –नेपाल चार्टर सर्भिस प्रालि
६.रवीन्द्र अधिकारी– नेपाल चार्टर सर्भिस प्रालि
७.डा.गीर्वाणराज तिमल्सिना– श्रीद्धि इन्टरनेसनल अस्पताल
८.डा.मिनल्मा पाण्डे– स्वाकन इन्टरनेसनल अस्पताल
९.श्याम सुन्दर कँडेल– स्वाकन इन्टरनेसनल अस्पताल
१०.सन्दीप ढुंगाना– हिमालयन मास्र्टर्स एडभेन्चर्स
११.सन्दीप तिवारी–रोयल होलिडे एडभेन्चर
१२.शान्तकुमार बाँनिया– म्याजिक हिमालय ट्रेक
१३.विनोद सापकोटा–नेपाल ट्रेक एडभेन्चर
१४.जीवन पाण्डे– एरा इन्टरनेसनल अस्पताल
१५.भानु ढकाल– एरा इन्टरनेसनल अस्पताल
१६.फुर्वा छिरिङ शेर्पा–एरा इन्टरनेसनल अस्पताल १७.ममिता भट्ट एरा इन्टरनेशनल अस्पताल
१८.चुङला शेर्पा– एरा इन्टरनेसनल अस्पताल
१९.पासाङ शेर्पा– पानोराम हिमालय ट्रेकिङ
२०.तेन्जिङ शेर्पा– पानोराम हिमालय ट्रेकिङ
२१.पासाङ दावा शेर्पा–अल्टिच्युट एयर
२२.बद्री लम्साल –स्प्रिच्युअल एक्सकर्सन
२३.कवीन्द्र लम्साल– स्प्रिच्युअल एक्सकर्सन
२४.विष्णुप्रसाद लम्साल– नेपाल हाइकिङ एडभेन्चर
२५.सन्दीप भण्डारी–माउन्टेन हेलिकोप्टर
२६.प्रकाशबाबु दाहाल–मनाङ एयर
२७.चन्द्रप्रसाद प्याकुरेल– अल्टिच्यूट एयर
२८.कुमार भण्डारी– नेपाल रेस्क्यु एण्ड असिसटेन्स
२९.खोमराज अधिकारी– नेपाल चार्टर सर्भिस
३०.गणेश सिलवाल– एरा इन्टरनेशल अस्पताल
३१.श्रीराम केसी स्वाकन–अस्पताल(पूर्वसञ्चालक)
३२.रामकुमार फुयाल –वल्र्डवाइड असिसटेन्स प्रालि

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img