spot_img

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

spot_img

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। फागुन २१ को निर्वाचन दुई तिहाइ नजिक १८२ सिट ल्याएर सरकार गठनको तयारीमा रहेको रास्वपाले पर्सी चैत १२ मा गते अपराह्न ४ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो।

पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा संसदीय दल नेता चयन गर्ने कार्यसूची रहेका जनाइएको छ । साही दिन संसद् सचिवालयले नवनिर्वाचित सांसदको पद तथा गोपनीयताको शपथ पनि सोही दिन राखेको छ।

चुनावअगावै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको रास्वपा विधानको धारा ६६ (८) को क र खमा संघीय संसदको दल नेता चयनसम्बन्धी व्यवस्था भए पनि बालेन, सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालबीच मतदानबिनै संसदीय दलको नेता भएको घोषणा गर्ने सहमति जुटेको छन्। बैठकले प्रावधान परिमार्जन गरेर वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता बनाउने बुझिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img