काठमाडौँः प्रसिद्ध समाजसेवी तथा राजनीतिज्ञ मित्रसेन दाहालको बिहीबार निधन भएको छ ।ओखलढुंगामा जन्मिएका दाहालको ५८ वर्षको उमेरमा निधन भएको हो । साँखुस्थित जेष्ठ नागरिक आश्रम सञ्चालन गर्दैआएका दाहाल पछिल्लो समय मृगौला सम्बन्धी समस्यासँग जुधिरहेका थिए ।
एक महिनाअघि उनलाई कोरोना संक्रमण समेत भएको थियो । तर २ दिनअघि मात्रै कोरोना विरुद्धको खोप समेत लगाएको पारिवारिक श्रोतले जनाएको छ ।पारिवारिक स्रोतका अनुसार दाहालको बिहीबार बिहान काठमाडौँको ओम अस्पतालमा निधन भएको हो । २०७४ सालको निर्वाचनमा ओखलढुंगाको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा दाहाल नेकपाका अम्बिरबाबु गुरुङसँग पराजित भएका थिए।दाहालबाट २ छोरा र १ छोरी भएका थिए । दाहालको पार्थिव शरीरलाई बिहीबार अपराह्न ३ बजेसम्म सरस्वती नगरमै राखिने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।