काठमाडौं, बुधबार नेपाली बजारमा सुनको भाउ उच्च मूल्यले बढेको छ। नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार बुधबार १४ हजार ६०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ८८ हजार ५०० कायम भएको छ।
अघिल्लो दिन मंगलबार १६ सय रुपैयाँले घटेर तोलाको २ लाख ७३ हजार ९०० पुगेको थियो। त्यसअघि सोमबार प्रतितोला २ लाख ७५ हजार ५०० र आइतबार २ लाख ८२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। यसदिन प्रतितोला चाँदी ४ हजार ९२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार प्रतितोला चाँदी ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।