महोत्तरी, महोत्तरीमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका–९ हरिहरपुर बस्ने औराही नगरपालिका–२ चेपकट घर भएका ४२ वर्षीय वीरेन्द्र सदालाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार बिहान सदालाई पक्राउ गष्रिएको हो ।वीरेन्द्रले अनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।