spot_img

रास्वपा संसदीय दलको नेता बने बालेन, प्रधानमन्त्री बन्न बाटो खुल्यो

spot_img

काठमाडाैँ, रास्वपा संसदीय दल बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने निर्णय सर्वसम्वत रुपमा पारित गरेको छ । यो निर्णयसँगै शाहलाई प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खुलेको छ ।

संविधानको धारा ७६को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भनिएको छ । उसकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने छ भनिएको छ ।

२१ फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा दुई तिहाइ नजिक मत ल्याउँदै पहिलो दल बनेको थियो । रास्वपासँग सहज बहुमत भएकाले राष्ट्रपतिले उनलाई धारा ७६ को उपधारा १ अनुसार प्रधानम्त्री नियुक्ति दिँदै भोलि शुक्रबार शपथ खुवाउने कार्यसूची रहेको छ । यसअघि रास्वपाको केन्द्रीय समितिको बैठकले सर्वसम्वत रुपमा शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको प्रस्ताव पार्टी सभापति रवि लामिछानेले गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img