काठमाडौँः संसद विघटनको विरोध गर्दै विभिन्न क्षेत्रका अगुवाहरुले वृहत नागरिक प्रदर्शन गरेका छन् ।वृहत नागरिक आन्दोलनले शुक्रबार दिउँसो २ बजे टुँडीखेलमा प्रदर्शन गरेको हो । ’टुँडीखेल मार्च’ नाम दिइएको उक्त प्रदर्शनमा साहित्यकार(लेखक, पत्रकार, संस्कृतिकर्मी, अधिकारकर्मी लगायत अगुवाहरुको उल्लेख्य सहभागिता थियो ।७१औं प्रजातन्त्र दिवसको अवसरमा वृहत नागरिक आन्दोलनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सैनिकले प्रतिबन्ध लगाएको जमिनलाई सार्वजनिक भएको घोषणा समेत गरेको छ । प्रदर्शनकारीहरुले आफूहरुको आन्दोलन नियमित चलिरहने प्रतिक्रिया दिएका छन् ।
वृहत नागरिक आन्दोलनले महिला उत्पिडन, शैक्षिक प्रतिगमन लगायत विभिन्न सामाजिक तथा राजनीतिक मुद्दामा निरन्तर आवाज उठाउँदैआएको छ । राज्यले विभेद् गरेका अन्य मुद्दामा आवाज सशक्त बनाउँदैजाने अगुवाहरुको चेतावनी छ ।नागरिक सभामा लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला पत्रकार नारायण वाग्ले लेखक युग पाठक, सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधर, नेपालमान डंगोल, जितेन्द्र चेपाङ, रिता शाहलगायतले सम्बोधन गरे । रत्नपार्कबाट सुरु भएको शुक्रबारको प्रदर्शन शहिदगेट हुँदै टुंडीखेलमा पुगेर सभामा परिणत भएको हो ।