काठमाडौँ, आज बिहान कटुन्जेबाट पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई नेपाल प्रहरीले २ नं गण महाराजगन्जमा राखेको छ । उनलाई महाराजगन्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।
भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि भन्दै सरकारले लेखकलाई उनकै निवासबाट पक्राउ गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्दै आएका छन् ।प्रहरीले बिहानै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको छ ।
आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।