spot_img

नेकपाको संसदीय दलको नेतामा दाहाल चयन

spot_img

काठमाडौं,नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ।

आइतबार पेरिसडाँडामा बसेको बैठकलाई उनलाई सर्वसम्मत दलको नेता चयन गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता रमेश मल्लले बताए।

उनले भने, ‘पार्टीको आज संसदीय दलको पहिलो बैठक बसेको हो। पार्टी पहिलो बैठकले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ सर्वसम्मत रुपमा। बैठकले दल नेतालाई बधाई प्रस्ताव पेस गरेको थियो त्यसलाई सर्वसम्मत रुपमा पास गर्यौं।’हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सीट रहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img