spot_img

रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा आज पेशीमा

spot_img

काठमाडौं, सर्वोच्च अदालतमा रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ। लामिछानेले अमेरिका र नेपाली (दोहोरो) राहदानी लिई प्रयोग गरेको भन्दै २ वर्षअघि सर्वोच्चमा युवराज पौडेलले दायर गरेको रिटको आज पेशी तोकिएको हो।

सर्वोच्च अदालतका प्रशासनका अनुसार चार पटकसम्म हेर्न नभ्याइएको मुद्दा आज न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा सुनुवाइ हुन लागेको हो। उनको मुद्दा आज १२ औं नम्बरमा रहेको छ । उनको मुद्दामा सुरुमा ३ पटक आदेश भएको थियो।

यस अगाडि राहदानीको दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय गरेपछि त्यसकोविरुद्ध अधिवक्ता सफल सर्वोच्च गएका हुन्। महान्यायाधिवक्ताको कार्यालय, डा.दिनमणि पोख्रेल महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग,नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर, निर्वाचन आयोग र लामिछानेलाई निवेदनमा प्रतिवादी बनाइएको छ।

उनले लामिछानेलाई नेपाली नागरिकको रुपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन समेत अन्तरिम आदेश माग गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img