spot_img

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

spot_img

काठमाडौँ, नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउका लागि जिल्ला अदालत काठमाडौँले अनुमति दिन अस्वीकार गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जबरजस्ती करणीमा बस्नेतलाई पक्राउ गर्न अनुमति माग गर्दै मिसिल लगेको थियो। तर सोमबार अदालतले पक्राउका लागि अनुमति दिन अस्वीकार गरेको हो।

शोभा पाठकले जबरजस्ती करणीमा दिएको मुद्दा अहिले पनि उच्च अदालतमा विचाराधिन रहेको पाइएकाले काठमाडौँ जिल्ला अदालतले विचाराधिन मुद्दामा पक्राउ गर्न अनुमति नदिएको स्रोतले जानकारी दियो।

पाठक यसअघिदेखि नै बस्नेतविरुद्ध अदालतमा पुगेकी थिइन्। उक्त मुद्दा उच्चा अदालत पाटनमा विचाराधिन रहेको छ। तर पाठक फेरि आइतबार पुरक निवेदन लिएर प्रहरी परिसर काठमाडौँ पुगेकी थिइन्।

काठमाडौँ प्रहरी परिसरले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा बस्नेतलाई पक्राउका लागि अनुमति माग गरेको थियो।

तर उक्त विषय उच्च अदालतमा विचाराधीन रहेको र सो विवादको टुङ्गो लागि सक्कल मिसिल प्राप्त भएपछि कानुनबमोजिम हुने भएको भन्दै अदालतले पक्राउ अनुमति नदिएको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img