काठमाडौँ,राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे संघीय संसद् भवन सिंहदारबारमा अधिवेशन आह्वान गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।
यसअघि सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन् ।