spot_img

माओवादी जनयुद्धकाे नेता हुँदै एमालेकाे नेतृत्वसम्म पुगे बादलःकार्यवाहक अध्यक्ष देखि संसदीय दलको नेतासम्म

spot_img

नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्। आज (बुधबार) संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।

दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भएपनि अन्तिममा फिर्ता भए। दलको नेतामा चयन भएका बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।

एमाले कार्यवहाक अध्यक्षको जिम्मेवारी  पनि बादललाई

नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएको छ। अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेकाले थापालाई कार्यवहाकको जिम्मेवारी दिइएको हो।

एमाले अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि बादललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका एमाले नेता ऐन महरले बताए। गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित बादल पार्टीमा दोस्रो बरियतामा छन्।

एमालेको आजै बसेको संसदीय दलको बैठकले बादललाई संसदीय दलको नेता पनि चयन गरेको छ। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट एमालेका २५ सांसद निर्वाचित भएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img