काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।आजबाट प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।
रास्वपाले आफ्ना वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरे पनि पहिलो दिनको सम्बोधन लामिछानेले गर्ने तय भएको हो।
बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेगरी संसद सचिवालयले कार्यतालिका बनाएको छ ।