spot_img

प्रतिनिधि सभाको पहिलो बैठक आज,दाहालले सम्बोधन नगर्ने

spot_img

काठमाडौं,प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपाका संयोजक एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन्।

सिंहदरबारमा बस्ने बैठकमा दलीय आधारमा शीर्ष नेताले आज सम्बोधन गर्ने कार्य तालिका छ। आजको बैठकमा पूर्वप्रधानमन्त्री एवम् संयोजक प्रचण्डले नगर्ने, पार्टीको तर्फबाट वर्षमान पुन ’अनन्त’ले सम्बोधन गर्ने तय भएको नेकपा एक सांसदले  जानकारी दिए। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र एक स्वतन्त्र सांसद महावीर पुन रहेका छन्।

रास्वपाका सांसद एवम् प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने आफूलाई ७ मिनेट मात्र निर्धारण गरिएको जानकारी आएको भन्दै असन्तुष्ट जनाएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img