राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अर्यालको नाम अनुमोदन गरेको हो।सभामुखको निर्वाचन आगामी चैत २२ गते हुने तय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीको तर्फबाट अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको झाले बताए । सभामुखको निर्वाचन चैत २२ गते हुनेछ । रास्वपाको बहुमत भएकाले उनी सभामुख बन्ने निश्चित छ ।