spot_img

सार्वभौम संसद्बाटै एमालेले सेना र कर्मचारीमाथि सार्वभौम संसदबाटै एमालेको गम्भीर लाञ्छना लगाएपछि हंगामाःबाहिर देखि पार्टी भित्रै चाैतर्फी आलोचना

spot_img

दलका नेता बादलको अभिव्यक्तिप्रति पार्टी पदाधिकारी तहबाटै आपत्ति
उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराईलगायतले बादलको अभिव्यक्तिको सार्वजनिक रूपमै खण्डन मात्रै गरेका छैनन्, गम्भीर आपत्ति जनाउँदै शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकको ‘एजेन्डा’ बनाउने घोषणा पनि गरेका छन्

रास्वपाको अभूतपूर्व विजयमा तथ्यहरूले के स्पष्ट गर्छ भने नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ती संस्था र पात्रहरूलाई पनि एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु ।

विगतदेखिका आलोचित गतिविधिका कारण २१ फागुनको निर्वाचनमा लज्जास्पद नतिजा भोगेको एमालेले जननिर्वाचित संसद्को पहिलो बैठकबाटै जनमतको समेत अपमान हुने गरी सेना र कर्मचारीमाथि गम्भीर लाञ्छना लगाएको छ । ज्यान मुद्दामा अध्यक्ष केपी ओली पक्राउ परेपछि पार्टीको कार्यवाहक अध्यक्ष र दलको नेता दुवै ‘कमान’ सम्हालेका रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा रास्वपाले झन्डै दुईतिहाइ सिट जित्नुमा नेपाली सेना र ब्युरोक्रेसी (कर्मचारी)लगायतको निर्णायक भूमिका रहेको आक्षेप लगाएका हुन् ।

जननिर्वाचित संसद्को रोस्ट्रममै उभिएर सेना र कर्मचारीलाई नै ‘गिजोल्ने’ गरी थापाले दिएको अभिव्यक्तिको एमाले पदाधिकारी तहबाटै विरोध भएको छ । उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराईलगायतले सार्वजनिक रूपमै खण्डन मात्रै गरेका छैनन्, गम्भीर आपत्ति जनाउँदै शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकमा ‘एजेन्डा’ बनाउने घोषणा गरेका छन् ।

‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेको दलको नेताको हैसियतले माननीय रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन् । यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,’ उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

थापाले रास्वपाको अभूतपूर्व जितमा सेना, कर्मचारी, जेन–जी आन्दोलन जाँचबुझ आयोग, तत्कालीन सरकारदेखि एनजिओसम्मले भूमिका खेलेको तथ्यहरूले नै पुष्टि गरेको अभिव्यक्ति दिएका थिए । तर, पुष्टि गर्ने कुनै आधार भने प्रस्तुत गरेका थिएनन् ।

‘नेपालमा भदौ २३ र २४ गते अवैधानिक रूपमा रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आमनिर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । चैत्र १३ गते भव्य धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो ।

यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेको तर्फबाट धेरैधेरै बधाई भन्न चाहन्छु,’ उनले थपे, ‘यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो ? रास्वपाको अभूतपूर्व विजयमा तथ्यहरूले के स्पष्ट गर्छ भने नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ती संस्था र पात्रहरूलाई पनि एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु ।’

संसद्मा रेकर्ड भइसकेको आफ्नै दलका नेताको यो अभिव्यक्तिप्रति एमाले उपमहासचिव योगेश भट्टराईले पनि आपत्ति जनाएका छन् । उनले सिंगो एमाले यस्तो नभएको सफाइसमेत सामाजिक सञ्जालबाट दिएका छन् । ‘नेपाली सेनालगायतका सुरक्षा अंगहरू, न्यायालयलगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन । त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहनेछ,’ उनले लेखेका छन्, ‘संसद् वा सड़क, सत्तापक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहनेछ ।’ भट्टराईले संविधान निर्माणमा एमालेको ठुलो भूमिका रहेको भन्दै विपक्षी दल भए पनि राज्यपक्षीय दल भएको उल्लेख गरेका छन् । ‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो, तर राज्यपक्षीय दल हो,’ उनले फेसबुकमा लेखेका छन् ।

थापाले संसद्मा दिएको सम्बोधनमा रास्वपाको जितमा अदृश्य शक्तिहरूको हात रहेको पनि थपे । मिडिया ट्रायल भएको पनि दाबी गरे । ‘जादुमयी विजयमा अदृश्य शक्तिहरू टिओबी, एआई, अल्गोरिदम, गोयबल्स, मिडिया ट्रायलहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे,’ उनले भनेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img