काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच करिब एक घण्टा लामो छलफल भएको ।
शनिबार रास्वपा सभापति लामिछानेको निवासमा भएको छलफल भएको थियो। छलफल मुख्यतः प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशाका विषयमा कन्द्रीत रहेको थियो।
रास्वपाले सभामुख पदमा डीपी अर्याललाई अघि बढाएर निर्वाचित गरिसकेको छ। उपसभामुख फरक दलको हुनुपर्ने कानुनी प्रावधानअनुसार अब कुन दललाई उपसभामुख दिने भन्ने अवस्था सृजना भएको समयमा लामिछाने र शाहीबीच पनि सोही विषयमा छलफल केन्द्रीत रहेको थियो।
स्रोतहरूका अनुसार भेट केवल औपचारिक नभई “ठोस निर्णयतर्फ उन्मुख” रहेको थियो। उपसभामुख पदका लागि समर्थन आदान–प्रदान, संसदमा सहकार्यको खाका र भविष्यमा सम्भावित गठबन्धनका संकेतहरूबारे खुला छलफल भएको बताइएको छ।