काठमाडौं, सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
पेट्रोलियम आपूर्तिमा सहजताका लागि यही सातादेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
सबै कार्यालयहरूको काम गर्ने समय भने ९ देखि ५ गर्ने पनि उनले जानकारी दिए।