spot_img

महान्यायाधिवक्तामा कँडेल नियुक्त

spot_img

काठमाडौं, महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेल नियुक्त भएका छन्।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आइतबार कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।प्रधानमन्त्रीले कँडेललाई महान्यायाधिवक्ता सिफारिस गरेको प्रेस विज्ञ दीपा दाहालले  जानकारी दिइन्।

साथै कँडेलले पनि आफूलाई सरकारले महान्यायाधिवक्तामा नियुक्त जानकारी प्राप्त भएको बताए।सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ।कँडेलले २०५० को दशकमा बागलुङबाट पत्रकारिता गरेका थिए। त्यसबेला उनी रेडियो नेपालका लागि काम गर्थे।साथै बागलुङमा पत्रकार महासंघको स्थापनामा उनको भूमिका थियो।

उनी २०६० सालपछि वकालत पेसामा संलग्न भएका थिए।उनले नेपाल ल क्याम्पसबाट स्नातक गरेका छन्।नेसनल युनिभर्सिटी अफ आयरल्यान्डबाट उनले पिस किपिङ अपरेशनमा स्नातकोत्तर गरेका छन्।मानव अधिकार क्षेत्रमा पनि उनले धेरै वर्ष काम गरे। उनले बेलायतको क्विन्स विश्वविद्यालयबाट कानुनमा विधावारिधि गरेका छन्।कँडेल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका वकिल थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img