spot_img

पाकिस्तानको मध्यस्थतापछि दुई हप्ताका लागि अमेरिका र इरानविच युद्दाविराम गर्ने सहमतिःट्रम्पले भने हमला गर्दैनाैँ,इरानले हर्मुज क्षेत्र खाेल्ने

spot_img

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको हातक आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्न सहमति जनाएका छन्। उनले यसअघि इरानलाई धम्की दिँदै ‘आज राति पूरै सभ्यता नष्ट हुनेछ’ भन्ने चेतावनी दिएका थिए।पाकिस्तानी मध्यस्थतापछि ट्रम्प पछाडि हटेका हुन्। आफैले दिएको समयसीमा सकिनुअघि ट्रम्पले आफ्नो प्लेटफर्म ट्रुथ सोसलमार्फत निर्णय परिवर्तन गरेको घोषणा गरेका थिए।

उनले यो समझदारी गराउन पाकिस्तानले मध्यस्थता गरेको श्रेय पनि दिएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरसँग भएका कुराकानीका आधारमा आफूले योजना रोकेको ट्रम्पको भनाइ छ।इरान हर्मुज क्षेत्र खोल्न तयार भएपछि आफूले पनि सहमति जनाएको उनको भनाइ छ। ‘पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरसँग भएका कुराकानीका आधारमा म इरानमाथिको आक्रमण र सैन्य कारबाहीलाई दुई हप्ताका लागि स्थगित गर्न सहमत छु,’ ट्रम्पले एक वक्तव्यमा भनेका छन्, ‘उनीहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्ति रोक्न आग्रह गरेका थिए र इस्लामिक गणतन्त्र इरानले होर्मुज जलडमरूलाई पूर्ण, तुरुन्त र सुरक्षित रूपमा खोल्न सहमति जनाउने सर्तमा।’

ट्रम्पको यस्तो वक्तव्य आएको केही समयमै इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि अस्थायी सहमति भएको पुष्टि गरेका छन्। ‘यदि इरानमाथि आक्रमण रोकिए भने हाम्रा शक्तिशाली सशस्त्र बलहरूले आफ्ना रक्षात्मक कारबाहीहरू पनि रोक्नेछन्,’ अराघचीले लेखेका छन्, ‘आगामी दुई हप्तासम्म इरानको सेनासँग समन्वय गरेर होर्मुज जलडमरूमार्फत आवागमन सम्भव हुनेछ।’ट्रम्पले आफ्नो ट्रुथ सोसलमा अराघचीको उक्त वक्तव्य पनि साझा गरेका छन्। अराघचीले उक्त वक्तव्यमा क्षेत्रीय युद्ध अन्त्य गर्न पाकिस्तान र यसको नेतृत्वले गरेको अथक प्रयासप्रति ‘आभार र प्रशंसा’ व्यक्त गरेका छन्।

यस्तै, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिकाबीच युद्धविराम सम्झौता भएको उल्लेख गरेका छन्। साथै यो सहमति ’लेबनान र अन्य क्षेत्रहरू’मा पनि लागू हुने र तुरुन्त प्रभावमा आएको बताएका छन्।

‘म यस बुद्धिमत्तापूर्ण कदमको हार्दिक स्वागत गर्दछु, दुवै देशका नेतृत्वप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु,’ शरीफले भनेका छन्, ‘सबै विवादहरूको अन्तिम समाधानका लागि थप वार्ता गर्न उनीहरूका प्रतिनिधिमण्डललाई १० अप्रिल २०२६ शुक्रबार इस्लामाबाद आउन निमन्त्रणा गर्दछु।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img