spot_img

दार्चुला पुगेर हर्क साम्पाङले पुलकाे शिलान्यास गर्दै भनेःविकास दुर दराजसम्म हुनुपर्छ,संसदमा आवाज उठाउँछु

spot_img

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गर्न भनेर चन्दा आव्हान गरेका थिए । मंगलबार दार्चुला पुगेर साम्पाङले झोलुङ्गे पुलको शिलान्यास गरिछाडे । ब्यास गाउँपालिकाको वडा नम्बर २ स्थित दुम्लिङकाठामा पुलको शिलान्यास गरेका हुन्।

एक सय २० मिटर लामो पुल बनाउन करिब एक करोड लागत अनुमान गरिएको ब्याँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडुले जानकारी दिए । बडुका अनुसार पुलका लागि साम्पाङले पालिकासँग अनुमति समेत लिइसकेका छन् ।

साम्पाङले विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् । उत्तर पश्चिम सिमानाको दार्चुला पुगेर साम्पाङले पारी भारतले धमाधम विकास गर्दा वारी नेपाली भूभाग भने उपेक्षामा परेको भन्दै राष्ट्रियता बलियो बनाउन सीमा क्षेत्रमा विकास राम्रो हुनुपर्ने बताएका हुन् ।

‘पारिपट्टि टु लेनभन्दा धेरै फोर लेनको बाटो इन्डियाले बनाएको छ । यसतर्फ नेपाल सरकारले ध्यान दिनुपर्छ,’ साम्पाङले भने, ‘किनभने म चाहिँ सीमावर्ती क्षेत्रमा विकास केन्द्रित गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो ।’काठमाडौं, विराटनगर, बुटवल, वीरगञ्जजस्ता सहरमा विकास केन्द्रित गरेर बसिरहेको उनले बताए । उनले भने, ‘अब बन्ने बजेटमा थोरैमा पनि ६० प्रतिशत गाउँ केन्द्रित बजेट बनाउनुपर्छ भन्ने मान्यता म राख्छु । यो कुरा म संसद्मा पनि उठाउनेवाला छु ।’

लिपुलेक जाने बाटो भारतले बाटो बनाएको स्थानीयले भनेको उनले बताएका छन् । ‘राष्ट्रसंघ जस्ता निकायमा गएर हाम्रो सीमाको चार किल्ला सुनिश्चित गर्नुपर्छ भन्ने पहिलो माग मैले संसद्मा राखिसकेको छु । सम्बन्धित काममा नेपाल सरकारले ध्यान दिनुपर्छ,’ उनले भने ।

दार्चुलाका विकट गाउँ देखेर आफूलाई दुख लागेको पनि उनले बताए । ‘यहाँ पारिपट्टि राति पनि झिलिमिली हुँदो रहेछ । यहाँ वारी चाहिँ राति अँध्यारो हुँदो रहेछ,’ साम्पाङले अगाडि भने । अब महाकाली नदीबाट बिजुली निकालेर नेपाललाई झिलिमिली पार्नुपर्ने उनले बताए ।

उता विकासका कामले तीव्रता लिइरहँदा यता वारिपट्टि चुपचाप लागेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img