spot_img

केपी ओली र रमेश लेखक आज रिहा नहुने

spot_img

काठमाडौँ,केपी शर्मा ओली र रमेश लेखक आज रिहा नहुने भएका छन् । चैत २३ मा सर्वोच्च अदालतले चौंथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परामादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार काठमाडौं जिल्ला अदालतबाट थप भएको तेस्रो म्याद बुधवारसम्म मात्रै थियो ।सरकारी वकिल कार्यालयको राय अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले दुवैजनालाई रिहा आज रिहा नगर्ने निर्णय गरेको हो । प्रहरीका एकजना उच्च अधिकृतले उनीहरुलाई आज रिहा नगरिने जानकारी दिए । ओली र लेखक कम्तिमा आजको रात हिरासतमा बस्नेछन् ।

सर्वोच्च अदालतका न्यायाधिशद्ववय बिनोद शर्मा र सुनिल कुमार पोखरेलले उनीहरुलाई चैत २५ भन्दा पछि हिरासत मुक्त गर्न आदेश गरेका थिए । सर्वोच्चले चैत २१ गतेबाट लागु हुनेगरी काठमाडौं जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको ५ दिनमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने र नचल्ने निर्णय भएमा सोही अनुसार गर्न र सो हुन नसके तत्पश्चात उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पुरा गरेर हिरासत मुक्त गरेर गरेर थप अनुसन्धान तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो ।

मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको थियो । दुवैजना चैत १४ मा पक्राउ परेका हुन् ।

जेनजी प्रदर्शनमा काठमाडौंमा बानेश्वरमा प्रहरीको गोलीबाट किशोरहरुको मृत्यु हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए । स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । लेखकलाई प्रहरीले महाराजगञ्ज स्थित सशस्त्र प्रहरी नम्बर–२ गणमा राखेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img