राष्ट्रपतिले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
काठमाडाैँ, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रपतिले चैत्र २७ गते शुक्रबार दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।