spot_img

केपी ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी

spot_img

काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ।पत्थरीको समस्याले अस्पताल भर्ना भएका उनको सकेसम्म सोमबार नै शल्यक्रिया गर्ने तयारी रहेको त्रिवि शिक्षण अस्पतालका सहनिर्देशक गोपाल सेढाईंले जानकारी दिए।‘उहाँ पत्थरीको समस्याले नै अस्पताल भर्ना हुनु भएको हो। शल्यक्रिया गर्नका लागि जोखिमहरू हेर्दैछौं। सकेसम्म सोमबार नै शल्यक्रिया गर्ने विचार छ। नभए अर्को हप्ता कुनै दिन हुन्छ। त्यतिन्जेलसम्म उहाँ अस्पतालमै बस्नुहुन्छ,’ उनले भने।

ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसयता उनी स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा छन्।सर्वोच्च अदालतको आदेश अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img