काठमाडौँ,श्रममन्त्री दीपककुमार साहलाई आचरणका कारण कारबाही गरेर पदमुक्त गरेपछि रिक्त रहेको श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैँ राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई हटाएका हुन्।
अब प्रधानमन्त्री शाहसँग प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि आएको छ।
बालेन्द्र शाह मन्त्रिपरिषद्मा अब प्रधानमन्त्रीसहित १४ मन्त्रीहरू छन्।