spot_img

प्रतिगमनविरुद्धको आन्दोलन चर्काउने तयारीमा प्रचण्ड‍-माधव समूह

spot_img

काठमाडौं, ९ फागुन  नेकपाको प्रचण्ड–नेपाल समूहले सांगठनिक संरचना टुङ्गो लगाउने र प्रतिनिधिसभा विघटनविरुद्धको संघर्ष चर्काउने विषयमा अन्तरपार्टी निर्देशन जारी गर्ने तयारी गरेको छ । निर्देशन जारी गर्नका निम्ति पार्टी सचिवालयले तयारी गरिरहेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताईन् ।

त्यसका मुख्य विषय एकीकरणलाई टुङ्गो लगाउने र संघर्षलाई सशक्त बनाउनेमा केन्द्रित हुने शाक्यको भनाइ छ । आवश्यक परेको खण्डमा निर्वाचन आयोगसँग कानुनी लडाइ, सर्वोच्चसँग संवैधानिक लडाइ र सरकारसँग राजनीतिक लडाइलाई चर्काउनुपर्ने भएकाले त्यसका लागि तयारी रहन कार्यकर्तालाई निर्देशन जारी गर्ने तयारी भएको पनि उनले जानकारी दिईन् ।नेकपाको प्रचण्ड–माधव समूहले आफ्नो समूहमा खुलेका केन्द्रीय सदस्यहरूको केपी ओली र प्रचण्डको हस्ताक्षरित परिचयपत्र सङ्कलन गरिसकेको छ । भौतिक रूपमा उपस्थित हुनुपर्ने भएकाले तयारी रहन निर्देशन आउन सक्ने शाक्यले बताईन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img