spot_img

संसद्ले पाउँदै छ जेन–जी उपसभामुखःरास्वपा,कांग्रेस, एमाले र नेकपाकाे पनि समर्थन,एक्लियाे राप्रपा

spot_img

नेपाली संसद्ले इतिहासकै कान्छी उपसभामुख पाउने भएको छ । श्रम संस्कृति पार्टीकी २५ वर्षीया सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने निश्चित भएको छ । झन्डै दुईतिहाइ सदस्य रहेको रास्वपाले समर्थन गरेसँगै उनको उपसभामुख पक्का भएको हो । यसको औपचारिक घोषणा भने शुक्रबारको प्रतिनिधिसभा बैठकमा हुने निर्वाचनपछि हुनेछ ।

उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । निर्णायक रास्वपासँग श्रम संस्कृति र राप्रपाले उपसभामुखमा सघाउन आग्रह गरेका थिए । राप्रपा आशावादी पनि देखिएको थियो । तर, अन्तिममा रास्वपाले श्रम संस्कृतिकी ठाकुरलाई समर्थन गर्ने निर्णय ग¥यो । कांग्रेस, एमाले र नेकपाले उम्मेदवारी दिएका छैनन् । उनीहरूले पनि रुबीलाई नै समर्थन रहेको बताएका छन् ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण रास्वपाबाहेकको दलबाट महिला उम्मेदवार हुनुपथ्र्यो । सभामुखमा रास्वपाका डिपी अर्याल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबी राजनीतिक पृष्ठभूमिकी होइनन् । उनका बुवा वैदेशिक रोजगारीमा छन् भने आमा गृहणी हुन् । उनको परिवारले दुई बिघा जग्गा अधियाँमा लिएर खेती गरेको छ । ३ वर्षे डिप्लोमा इन्जिनियरिङ अध्ययन पूरा गरेकी रुबी सांसद बन्नुअघि कन्सल्टेन्सीमा काम गर्थिन् । चुनावी अभियानका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ धनुषा पुगेका वेला उनको भेट भएको थियो । त्यसपछि उनी चुनावी प्रचारप्रसारमा हिँडेकी थिइन् । श्रम संस्कृतिले उनलाई मधेशी महिलाबाट समानुपातिक सांसद बनाएको थियो ।

रुबीको उम्मेदवारीको प्रस्तावकमा श्रम संस्कृतिका आरेन राई र समर्थकमा रास्वपाका अशोक चौधरी र श्रम संस्कृतिकी अम्बिकादेवी संग्रौला छन् । उम्मेदवारी दर्तापछि उनले उपसभामुखको जिम्मेवारी आफ्ना लागि ठुलो भए पनि इमानदारीपूर्वक निर्वाह गर्ने बताइन् । ‘यो ठुलो जिम्मेवारी हो, तर म सक्छु । मलाई प्राप्त हुन लागेको जिम्मेवारीलाई न्याय गर्नेछु,’ उनले भनिन्, ‘अध्यक्षज्यूले म भुइँको मान्छेलाई यहाँसम्म पु¥याइदिनुभयो, म उहाँलाई भगवान नै मान्छु । मधेशका दाजुभाइ, दिदीबहिनीहरू, सम्पूर्ण नागरिकलाई धन्यवाद दिन चाहन्छु ।’

रास्वपा महामन्त्री एवं सांसद कवीन्द्र बुर्लाकोटीले विभिन्न दलबाट समर्थनका लागि आग्रह गरिएको र पार्टीभित्र छलफल गरेर निर्णयमा पुगेको बताए । ‘भावनालाई सम्बोधन गर्नका लागि यो सहकार्यले धेरै काम गर्छ भन्ने लाग्छ । पार्टीमा छलफलपश्चात यो निर्णय भएको हो । हामीलाई आग्रह गर्ने सबै दलसँग छलफल गरेका थियौँ । अन्तिम क्षणसम्म हेर्दै थियौँ । हामीले पार्टी र उम्मेदवार दुवै हेरेर उपसभामुख रुबीकुमारीलाई समर्थन गरेका हौँ ।’ मधेशी समुदायबाट उपसभामुख देशले नै पाउँदा राम्रो हुने उनले बताए ।

श्रम संस्कृति पार्टीका महासचिव एवं सांसद आरेन राईले उपसभामुखमा सहयोगका लागि आफूहरूले सबै पार्टीसँग कुरा गरेको बताए । रास्वपाको समर्थनमा पार्टीकी सांसद रुबीकुमारी उपसभामुख बन्ने पक्का भएपछि प्रतिपक्षमा रहेका अन्य दलहरूले पनि फोन गरेर समर्थन गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

उपसभामुख चयन र राष्ट्रपतिको सम्बोधनसँगै संसद् अधिवेशन अन्त्य
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुनेछ । त्यसपछि दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । त्यससँगै संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य हुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्यको घोषणा गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२÷१२÷२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img