spot_img

सिद्धिपुरमा जात्राकाे राैंनक र उत्साहः५ दिनसम्म चल्ने जात्राकाे ऐतिहासिक,धार्मिक तथा साँस्कृतिक महत्वकाे चर्चा!

spot_img

ऐतिहासिक,धार्मिक तथा साँस्कृतिक प्राचिन ललितपुरको गाउँहरुमध्ये एक ठसि अर्थात सिद्धिपुर हालको महालक्ष्मी नगरपालिका वडा नं. ६ मा जात्रा भएको छ। चैत मसान्त ( चैत अन्तिम दिन ) बाट जात्रा शुरु भएर बैशाख ४ गते पाँच दिनसम्म जात्रा मनाइन्छ । जात्रा पर्व जस्ता मौलिक साँस्कृतिक परम्परालाई सिंगो गाउँका वासिन्दाले धार्मिक परम्परा चाडपर्व र जात्राहरु बडो धुमधामासँग मनोरञ्जन गरी मनाउने प्रचलन रहेकाे।

ठसिमा रहेको मुख्य तीन देवता महाभैरव, बालकुमारी र गणेशका मन्दिर देवननि लाछी टोलमा रहेका छन् । जात्रा पर्व चलाउन वडा कार्यालय देखि विभिन्न गुठीहरु रहेका छन् । पहिलाे दिन देउतालाइ निकालेर मन्दीरमा राखिन्छ,टाेलटाेलबाट विभिन्न बाजागाजा सहित देउतालाइ पुजा गर्नेकाे भिड लाखेकाे हुन्छ।

दाेस्राे दिन मन्दीरमा पुजाआजा गर्ने,सिंदुर दल्ने,बाजागाजा सहित टाेल परिक्रमा गरिएकाे थियाे। वडाकाे सक्रियतामा जात्रासंगै उपस्थित सम्पूर्ण स्थानीयहरू सामुहिक भाेजको समेत यस वर्ष देखि शुरूवात गरिएकाे र जात्रा अवधिभर चेलीबेटी र इस्टमित्र घरघरमा खाना खान बाेलाउने भेटघाट गर्ने,भाेज खाने चलन रहेकाे वडा अध्यक्ष धर्म महर्जनले जानकारी दिनुभयाे।

२ गते खटलाई उठाएर घर दैलो दैलाेमा लगी पूजा थापिन्छ । जात्राको चौथो दिन अर्थात ३ गते  सरकार पूजा भनेर पूजा सामान लिएर विभन्न बाजा गाजासहित पूजा गरिन्छ ।
जात्राको अन्तिम दिन अर्थात बैशाख ४ गते गणेशबाट कुलो तर्नका लागि कुमार, कुमारी र भैरवसँग कर लिने प्रचलन छ र कर स्वरुप २ पाउ मिठाई दिइन्छ । पहिला पहिला इन्द्र बाजा, पञ्चेबाजा, नासी बाजाहरुलाई आधा दिने चलन थियो ।

विभिन्न बाजागाजाहरु आइसकेपछि खटलाई उठाइ दौडाउने गरिन्छ । खटहरु बोक्न गुठियारहरुलाई जिम्मा लगायएको हुन्छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img