अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अब समाप्त हुने चरणमा पुगेको तर युद्धविराम अवधि थप्ने सम्भावना भने नरहेको प्रष्ट पारेका छन् ।
एबीसी न्युज च्यानललाई ट्रम्पले दिएको अन्तर्वार्तामा युद्ध चाँडै समाधानतर्फ जाने संकेत दिएका छन्। ‘आगामी दुई दिन निकै महत्वपूर्ण र आश्चर्यजनक हुनेछन्’ उनले भनेका छन्।
ट्रम्पले युद्ध दुवै तरिकाले अन्त्य हुन सक्ने उल्लेख गर्दै कूटनीतिक समाधानप्रति आफ्नो झुकाव देखाएका छन् । ‘सम्झौता हुनु नै राम्रो हो, किनकि त्यसपछि उनीहरूले पुनर्निर्माण गर्न सक्छन्’ ट्रम्पले भने ।
उनले भने–अब त्यहाँ फरक शासन व्यवस्था छ। जुनसुकै अवस्थामा पनि, हामीले उग्रपन्थीहरूलाई हटाइसकेका छौँ । उनीहरू अब छैनन्।