spot_img

लकडाउँनका कारण समस्यामा परेका डाेल्पाका विद्यार्थीलाइ जापानबाट जुन कुमार र हेमराजकाे सहयाेग

spot_img

काठमाडाैँ,विश्वभरी महामारिका रूपमा फैलिएकाे कोरोना भाइरसको संक्रमणका कारण विश्व नै लकडाउँनको अवस्थामा छ । नेपालमा पनि संक्रमण रोक्न सरकारले लकडाउँन घोषणा गरेको १ महिना पुग्नै लागेकाे छ । लकडाउँनका कारण विद्यार्थी, मजदुर, गरिव र असाहयहरु  छाक टार्नै हम्मेहम्मे परिरहेकाे छ । यसैविच डाेल्पाबाट काठमाडाैँ उपत्यकामा अध्ययनरत विद्यार्थीहरूलाइ लामाे समयकाे लकडाउँनका कारण काेहि भाेकै बस्न नपराेस् भनेर राेकाया दाजुभाइ र हेमराज बुढाले सहयाेग गरेका छन् । जापानमा अध्ययन गरिरहेका तथ पटक पटक सहयाेग गर्दै आएका   राेकाया दाजुभाइकाे तर्फबाट  जुन कुमार राेकाया र हेमराज बुढाले अध्ययनका लागि आएका विद्यार्थी भाेकै नबसुन भनेर ३१ जना विद्यार्थीलाइ एक एक बाेरा चामल वितरण गरेका हुन् ।

उनिहरूले बिशेष गरि माजफाल क्षेत्र लगाएत अन्य स्थानका समस्यामा परेका विद्यार्थीलाइ काेठाकाेठामै पुगेर एक एक बाेरा चामल उपलब्ध गराइएकाे राेकायाले जानकारी दिए । जुन कुमार राेकाया र हेमराजले भने लकडाउँनका कारण जिल्ला जान नपाएका काठमाडाैँ लगाएत देशका विभिन्न स्थानमा समस्यामा परेका विद्यार्थीलाइ हामिले व्यक्तिगत सहयाेग गरेका हाैँ । विद्यार्थीहरू यस्ताे समस्यामा पर्दा समेत तिनै तहकाे सरकार माैन जस्दै देखिएकाे र स्थानिय सरकारल समेत विद्यार्थीकाे समस्यालाइ ध्यान नदिएकाे गुनासाे  गरे ।

काठमाडाैँ बाहेक अन्यस्थानमा वितरण गर्ने मानिस नपाएका कारण सहयाेग गर्न नसकिएकाे जुन कुमार राेकायाले बताए । आफुहरूले सकेकाे सहयाेग गर्ने भन्दै सबैलाइ समस्यामा परेका जाे काेहिलाइ सकेकाे सहयाेग गर्न अपिल समेत गरेका छन् । सहयाेग प्राप्त गर्ने विद्यार्थीले यस्ताे विषम परिस्थितिमा सहयाेग गरेकाे भन्दै धन्यवाद दिइरहेका छन् ।

राहत प्राप्त गर्ने विद्यार्थीकाे नामावलि:

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img