spot_img

काठमाडाैँका ३ ठाउँको सुकुम्बासी हटाउने तयारीःसुरक्षाकर्मीको बाक्लो उपस्थिति,धमाधम सुकुम्वासी वस्ती खाली गर्दैँ

spot_img

सरकारले आज ३ ठाउँको सुकुम्बासी हटाउँदैछ । केहीदिनदेखि गरेको तयारी अनुसार, सुकुम्बासी बस्ती खाली गराउन लागिएको हो । शनिबार बिहानदेखि बस्ती खाली गराउने अभियान अन्तर्गत पहिलो चरणमा थापाथलीमा तयारी भइरहेको छ ।

स्थानीयको अवरोध हुन सक्ने अनुमान गर्दै सरकारले ठूलो मात्रामा बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेको छ । यहाँ १ सय ४५ घरधुरी छन् २०६४ सालदेखि उनीहरु बस्तीमा टहरो बनाएर बसिरहेका थिए ।

नदीकिनारका सुकुमवासी बस्ती खाली गरिँदै 

काठमाडौं उपत्यकामा बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन सरकारले आज (शनिबार) देखि डोजर चलाउँदै छ । बागमती करिडोरको थापाथली, टेकु, तीनकुने र सिनामंगल तथा मनोहरा क्षेत्रमा डोजर चलाएर शनिबार र आइतबार गरी दुई दिनमा अतिक्रमित क्षेत्र खाली गराउने सरकारको तयारी छ ।

अहिले यस क्षेत्रका बिहानैबाट सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले नदीकिनारका सुकुमवासी बस्तीमा डोजर चलाउने सूचना जारी गरेसँग थापाथली सुकुम्वासीका जनता त्रासमा थिए। कति त हिजै देखि धमाधम बस्ती छाेडेर गैरहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img