spot_img

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब दिँदैन ः उपप्रधानमन्त्री पोखरेल

spot_img

‘अहिले जसले जे भने पनि समय आएपछि सबै चुनावमा सहभागी हुन्छन्’

चितवन – उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावसँग सम्बन्धित सबै पक्ष तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमवार पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय चुनावको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिनुभयो ।प्रतिनिधि सभा चुनाव निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, ‘चुनाव हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।’ कहीँ कतै कोही–कोही व्यक्ति, पक्षहरूले चुनाव विरोधी कुरा गरे पनि ती सबै हास्यास्पद रहेको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले थप्नुभयो, ‘लोकतन्त्रमा विश्वास गर्ने, नागरिकको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हर कोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरू चुनावमा जाने कुरा, नागरिकबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।’ उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।अर्को एक प्रसङ्गमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उहाँले फैसलाको प्रतीक्षा गर्नुपर्ने भनाइ राख्नुभयो ।सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दबाब नदिने प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘सरकारले कुनै दबाब दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img