spot_img

प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्यमा दुई देशका परराष्ट्र मन्त्रालय

spot_img

काठमाडाैँ, दुवै देशका सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी थालेका छन् । प्रधानमन्त्री शाहको भ्रमण तयारीकै सिलसिलामा मिति र एजेन्डा तय गर्न परराष्ट्रसचिव र मन्त्रीस्तरीय औपचारिक वार्ताको गृहकार्य अघि बढाइएको छ । परराष्ट्रसचिवस्तरीय वार्तापछि परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुनेछ ।

काठमाडौंमा सचिवस्तरीय र नयाँदिल्लीमा मन्त्रीस्तरीय वार्तापछि प्रधानमन्त्रीको भारत भ्रमण हुनेबारे दुवै देशका अधिकारीबिच प्रारम्भिक सहमति छ । भारतीय विदेशसचिव विक्रम मिश्री २८ र २९ वैशाखमा दुईदिने काठमाडौं भ्रमणमा आउँदै छन् भने त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाल दिल्ली जाने र प्रधानमन्त्रीको भ्रमणको मिति तय गर्ने तयारी छ ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री मिश्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललगायतसँग भेटवार्ता गर्नेछन् । साथै, समकक्षी परराष्ट्रसचिव अमृतबहादुर राईसँग औपचारिक वार्ता हुनेछ । मिश्रीको काठमाडौं भ्रमणपछि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकैसाथ परराष्ट्रमन्त्री खनालको भ्रमण औपचारिक घोषणा गर्नेछन् ।

सचिव मिश्रीको नेपाल भ्रमणपछि परराष्ट्रमन्त्री खनाल भारत जाने र त्यहीँ प्रधानमन्त्रीको भारत भ्रमणको मिति एवं एजेन्डा टुंगो लाग्ने परराष्ट्रका एक अधिकारी बताउँछन् । ‘सचिवस्तरीय छलफल के–कसरी अघि बढ्छ भन्ने आधारमा परराष्ट्रमन्त्रीको भ्रमण तय हुन्छ,’ ती अधिकारीले भने, ‘परराष्ट्रसचिव र परराष्ट्रमन्त्रीस्तरीय बैठकपछि प्रधानमन्त्रीको भ्रमण मिति र एजेन्डा टुंगो लाग्नेछ ।’

परराष्ट्रका अर्का एक अधिकारीले भारतीय विदेशसचिव मिश्रीले प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीका तर्फबाट औपचारिक निमन्त्रणा लिएर आउने विश्वास जनाएका छन् । ‘उहाँले प्रधानमन्त्री मोदी र विदेशमन्त्री डा. एस. जयशंकरले आफ्ना समकक्षीहरूलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा लिएर आउने संकेत पाएका छौँ,’ ती अधिकारीले भने । भारतीय विदेशसचिवको भ्रमणबारे परराष्ट्र प्रवक्ता क्षेत्रीले प्रतिक्रिया दिएनन् ।

मिश्रीको भ्रमणपूर्व नेपालले दुई देशबिच विगतमा भएका सहमति र समझदारीहरूको समीक्षा थालेको छ । भ्रमणको तयारीस्वरूप परराष्ट्रमन्त्री खनालले विभिन्न मन्त्रालयहरूसँग समन्वय बैठकलाई तीव्र बनाएका छन् । सोमबारसम्म परराष्ट्रमन्त्री खनालले उद्योग, पर्यटन, पूर्वाधार, कृषि, वन तथा वातावरण मन्त्रालयका अधिकारीहरूसँग अन्तरमन्त्रालय समन्वयात्मक बैठक गरिसकेका छन् । उनले यही साता ऊर्जा मन्त्रालयका उच्च अधिकारीसँग बैठक गर्दै छन् ।

परराष्ट्रसचिव राई, भारत मामिला हेर्ने दक्षिण एसिया डिभिजन प्रमुख गेहेन्द्र राजभण्डारीसहितको बैठकमा नेपालमा भारतीय सहयोगका परियोजना, त्यसमा नेपालतर्फका समस्या, भारततर्फका समस्या तथा दुवैले मिलेर समाधान गर्नुपर्ने विषय, कार्यान्वयन नभएका तथा बिचमा रोकिएका परियोजनाबारे विस्तृत समीक्षा भइरहेको छ । ‘परराष्ट्र मन्त्रालयबाट अन्तरनिकायगत समन्वय भइरहेको छ, जुन नियमित प्रक्रिया पनि हो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने, ‘आगामी उच्चस्तरीय भ्रमणहरू हुन सक्नेसमेतका आधारमा समन्वय बैठक अघि बढाइएको छ ।’

शाह प्रधानमन्त्रीमा नियुक्त हुनुअघि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमा बधाई दिएका थिए भने प्रधानमन्त्री भएपछि बधाई सन्देश पठाएका थिए । परराष्ट्रमन्त्री खनालका अनुसार मोदीले बधाईपत्रमा समकक्षी शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेका थिए । जवाफमा नेपालले प्रधानमन्त्री शाहबाट निमन्त्रणा स्वीकार भएको उल्लेख गर्दै आवश्यक गृहकार्यपछि कूटनीतिक च्यानलमार्पmत प्रधानमन्त्रीको भारत भ्रमण हुने भनेको थियो ।

परराष्ट्रमन्त्री शिशिर खनाल इन्डियन ओसन सम्मेलनमा मोरिससमा जाँदा भारतीय समकक्षी डा. एस. जयशंकरसँगको भेटमा उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्री खनालको भनाइ थियो, ‘हामी संयन्त्रहरूको बैठक गर्छौँ, संयन्त्रहरूलाई सक्रिय बनाउँछौँ, त्यसपछि छलफल गरेर भ्रमणका एजेन्डाहरू तय गर्ने र भ्रमण गर्नेछौँ ।’ जयशंकरले खनालको जवाफमा सहमति जनाउँदै नेपालमा तयारी सम्पन्न भएपछि खबर पठाउन भनेका थिए ।

परराष्ट्र अधिकारीहरूका अनुसार नेपाल र भारतबिच अस्तित्वमा रहेका करिब ४० वा द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाएपछि मात्रै प्रधानमन्त्रीको भारत भ्रमण हुने परराष्ट्रमन्त्री खनालले दिएको सार्वजनिक अभिव्यक्ति कार्यान्वयन हुनेछैन । ‘अहिले दुईपक्षीय संयन्त्रहरूको बैठक बोलाएर त्यसपछि उच्चस्तरीय भ्रमण गर्ने विषय व्यावहारिक देखिएन । मन्त्रीज्यूले पनि त्यसलाई आत्मसात गर्दै उपलब्धिपूर्ण उच्चस्तरीय भ्रमण बनाउने र त्यस आधारमा दुईपक्षीय संयन्त्रहरूलाई सक्रिय गराउनेमा जोड दिनुभएको छ । भारतीय पक्षले पनि त्यसलाई नै व्यावहारिक मानेको छ,’ जानकार कूटनीतिक अधिकारीले भने ।

अमेरिकाबाट एकपछि अर्को भ्रमण, चिनियाँ अधिकारीको गोप्य भ्रमण
प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भएपछि नेपालमा अमेरिका र चीनबाट भ्रमण भएका छन् । अमेरिकाबाट सहायक विदेशमन्त्री समीर पल कपुरले ७–९ वैशाखमा नेपाल भ्रमण गरे । उनी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल तथा रास्वपा सभापति रवि लामिछानेसँग भेटेर फर्किए ।

अब फेरि अमेरिकी अधिकारीको नेपाल भ्रमण हुँदै छ । भारतका लागि अमेरिकी राजदूत तथा दक्षिण एवं पश्चिम एसियाका लागि विशेष अमेरिकी दूत सर्जियो गोर बिहीबार काठमाडौं आउँदै छन् । उनी परिचयात्मक भ्रमणका क्रममा नेपाल आउन लागेको जानकार कूटनीतिक अधिकारीले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अति विश्वास पात्र मानिने गोरले आफ्नो कार्यक्षेत्रअन्तर्गतका देशहरूमध्ये नेपाल, भुटान र बंगलादेश भ्रमण गर्न बाँकी छ । ‘उनी राजदूत मात्र होइनन्, यो क्षेत्रका विशेष दूत हुन् । त्यसकारण प्रधानमन्त्री शाहसँग उनको शिष्टाचार भेटका लागि प्रयास भइरहेको छ । तर, प्रधानमन्त्री कार्यालयबाट सहमति आइसकेको छैन,’ जानकार कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने ।

अमेरिकी अधिकारी आएकै साता चीनबाट पनि विदेश मन्त्रालयको एसियाली मामिलाका उपमहानिर्देशक (सहसचिवस्तरीय कर्मचारी) काओ जिङले नेपाल भ्रमण गरेकी थिइन् । उनले ८ वैशाखमा परराष्ट्रसचिव अमृतबहादुर राईसँग भेटेकी थिइन् । परराष्ट्रप्रवक्ता क्षेत्रीले नयाँ पत्रिकासँग भने, ‘चीनबाट भएको यो नियमित प्रकृतिको भ्रमण हो । नेपाल–चीन सम्बन्ध, नेपालमा चिनियाँ लगानीका परियोजनाहरूका बारेमा समीक्षा भयो ।’ जिङका अन्य भेटवार्ता सार्वजनिक जानकारीमा छैनन् ।

परराष्ट्रमन्त्री खनालले थाले अन्तरमन्त्रालय समन्वय बैठक

भारतीय विदेशसचिव विक्रम मिश्रीको भ्रमणपूर्व नेपालले दुई देशबिच विगतमा भएका सहमति र समझदारीहरूको समीक्षा थालेको छ । भ्रमणको तयारीस्वरूप परराष्ट्रमन्त्री खनालले विभिन्न मन्त्रालयहरूसँग समन्वय बैठकलाई तीव्र बनाएका छन् । सोमबारसम्म परराष्ट्रमन्त्री खनालले उद्योग, पर्यटन, पूर्वाधार, कृषि, वन तथा वातावरण मन्त्रालयका अधिकारीहरूसँग अन्तरमन्त्रालय समन्वयात्मक बैठक गरिसकेका छन् । उनले यही साता ऊर्जा मन्त्रालयका उच्च अधिकारीसँग बैठक गर्दै छन् ।

परराष्ट्रसचिव राई, भारत मामिला हेर्ने दक्षिण एसिया डिभिजन प्रमुख गेहेन्द्र राजभण्डारीसहितको बैठकमा नेपालमा भारतीय सहयोगका परियोजना, त्यसमा नेपालतर्फका समस्या, भारततर्फका समस्या तथा दुवैले मिलेर समाधान गर्नुपर्ने विषय, कार्यान्वयन नभएका तथा बिचमा रोकिएका परियोजनाबारे विस्तृत समीक्षा भइरहेको छ । ‘परराष्ट्र मन्त्रालयबाट अन्तरनिकायगत समन्वय भइरहेको छ, जुन नियमित प्रक्रिया पनि हो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने, ‘आगामी उच्चस्तरीय भ्रमणहरू हुन सक्नेसमेतका आधारमा समन्वय बैठक अघि बढाइएको छ ।’

सरकारले हतारमा नभई पर्याप्त तयारीसहित प्रधानमन्त्रीको भारत भ्रमण हुने बताउँदै आएको छ । २१ फागुनको निर्वाचनपछि नयाँ राजनीतिक दल झन्डै दुईतिहाइ बहुमतसहित सरकारमा रहेको वेला उसले अपनाउने विदेशनीति र प्रधानमन्त्रीको भ्रमणलाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा चासो छ ।आजकाे नयाँ पत्रिका दैनिकमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img