spot_img

विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै एक करोड भ्रष्टाचार

spot_img

काठमाडौं,  झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रअ उपाध्याय र लेखापाल आचार्य विरुद्ध मुद्दा दायर गरेको हो ।

दुवै जनाको आपसी मिलोमतोमा करिब १ करोड बराबरको भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।आयोगले दायर गरेको आरोपपत्र अनुसार नमुना विद्यालय भवन निर्माण गर्दा खर्चभन्दा बढी बिल भर्पाइ बनाइ प्रअ र लेखापालले ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

यसैगरी उनीहरूले विद्यालयको नाममा रहेको १७ लाख ९६ हजार ५२१ नगद पनि हिनामिना गरेको उल्लेख छ । साथै आर्थिक वर्ष २०७७÷७८ देखिकै १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकम समेत हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img