spot_img

घरभित्र पसेको भन्दै रोल्पामा बालकमाथि कुटपिट,३ जना पक्राउ

spot_img

काठमाडौं, रोल्पामा घरभित्र पसेको भन्दै एक बालकलाई कुटपिट भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।गंगादेव गाउँपालिका वडा नम्बर ५ कुइनेटा बस्ने पूर्णबहादुर विकका ११ वर्षीय छोरालाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।अहिले तीन जना पक्राउ गरिएको र थप व्यक्ति पनि पक्राउ गर्न पर्ने भएकाले परिचय नखुलाएको रोल्पाका डिएसपी विरेन्द्र विश्वकर्माले जानकारी दिए।

उनका अनुसार घटना वैशाख ११ गते साँझको हो।

११ वर्षीय बालक एक व्यक्तिको घरभित्र पसेको भन्दै अनुहारमा चोट र सुन्निने गरी कुटपिट गरेको आरोप छ। बालकको तस्बिर÷भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएको थियो। कसको घरमा यो घटना भएको हो र घटनामा को–को संलग्न थिए पनि प्रहरीले खुलाइसकेको छैन।

उक्त घटानाका सम्बन्धमा प्रहरीमा सोमबार जाहेरी समेत परेको छ।

‘घरभित्र पसेको निहुँमा कुटेको भन्ने छ। पहिले बालकमाथि कुटपिट भयो। पछि त्यही विषयमा झडपसमेत भएको रहेछ,’ उनले भने, ‘पक्राउ परेका तीनै जनामाथि सोधपुछ गर्न बाँकी छ, अनुसन्धान सुरू भएको छ।’उनीहरूमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img