spot_img

बढ्न थाल्यो दोहारी साँझमा चहलपहल

spot_img

कोरोना , भाइरसका कारण गतवर्षको चैत ५ गतेदेखि देशभरका दोहोरी साँझहरु बन्द भए । यसपछि भने लामो समयसम्म दोहोरी साँझहरु सुचारु हुन सकेनन् । सरकारले देशका विभिन्न क्षेत्रलाई क्रमिक रुपमा खुलाउँदै लगेपनि दोहोरी साँझहरु सुचारु गरेको थिएन । अन्य क्षेत्र सुचारु भैसक्दा पनि दोहोरी साँझ नखुलेपछि व्यवसायीहरुले आन्दोलन नै गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । कतिपय व्यवसायीले आफूखुशी दोहोरी साँझ खुलाए पनि प्रहरीले बन्द गरायो । लामो समयको रस्साकस्सीपछि माघ १ गतेबाट सरकारले दोहोरी साँझ खुलाउने अनुमती दिएको थियो ।

अहिले राजधानीसहित देशभरका दोहोरी साँझहरु खुलेका छन् । दोहोरी साँझमा मानिसहरुको चहलपहल पनि बढ्दो छ । ब्यवसायीहरुका अनुसार अहिले दोहोरी साँझमा मानिसहरुको चहलपहल पहिलेकै अवस्थामा फर्किसकेको छ ।दोहोरी साँझ व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ भन्छन्–‘दोहोरी साँझमा मानिसहरुको चहलपहल कोरोनाअघिकै अवस्थामा फर्किएको छ ।’

काठमाडौंको ठमेलमा रहेको नगरकोट दोहोरी साँझका संचालक समेत रहेका श्रेष्ठ कोरोना महामारीका कारण लाखौं घाटा व्यहोरेका व्यवसायीहरु अहिले उत्साहित भएका छन् । कोरोनाका कारण बेरोजगार बनेका दोहोरी साँझमा आवद्ध कलाकार (कर्मचारी)हरु अहिले काममा फर्किएका छन् ।

सुन्धारामा रहेको डाँफे दोहोरी साँझका संचालक रवी केसी पनि दोहोरी साँझको चहलपहल पुरानै अवस्थामा फर्किएको बताउँछन् । यद्यपी, दोहोरी साँझमा आउनेहरुले पहिलेजस्तो निर्धक्क खर्च भने नगरेको केसी बताउँछन् ।‘दोहोरी साँझको चहलपहल पहिलेकै अवस्थामा फर्किएको छ । हामीहरु आशाबादी भएका छौं’ उनले भने, ‘यद्यपी दोहोरी साँझ आउनेहरुले पहिलेजस्तो निर्धक्क खर्च भने गरिरहेका छैनन् ।’ कोरोना महामारीले मानिसहरुलाई निर्धक्क खर्च गर्नमा सोच्न बाध्य बनाएको उनको भनाई छ ।

खुलेका दोहोरी साँझमा मानिसहरुको चहलपहल बढेपनि केही दोहोरी साँझहरु भने अझसम्म खुल्न सकिरहेका छैनन् । लामो समय बन्द हुँदा भाडादेखि अन्य खर्च व्यवस्थापन गर्न नसक्दा कतिपय दोहोरी साँझहरु अझ पनि बन्द अवस्थामै रहेको नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष श्रेष्ठ बताउँछन् ।श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा ८४ दोहोरी साँझ छन् । देशभर दोहोरी साँझको संख्या १ सय ३५ भन्दा बढी छ । दोहोरी साँझमा झण्डै ६ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img