spot_img

आन्दोलन गर्ने भए प्रधानमन्त्रीको कुर्सी छाडेर सडकमा आउनू ः रघु पन्त

spot_img

नेकपा दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले आन्दोलन गर्न भए कुर्सी छाडेर सडकमा आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। दाहाल-नेपालनिकट दलित मुक्ति मोर्चाले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार माइतीघरमा गरेको प्रदर्शनमा सहभागी उनले ओलीलाई यस्तो आग्रह गरेका हुन्।

उनले सत्तामा बसेर प्रधानमन्त्रीले आन्दोलनको धम्की दिनुलाई ठट्टा भने। ’प्रधानमन्त्रीले आन्दोलन गर्दैन त्यो ठट्टा मात्रै हो। संविधान लोकतन्त्र राजनीतिक प्रणालीमाथिको ठट्टा हो’, उनले भने, ’प्रधानमन्त्रीले सत्ताको कुर्सीमा बसेर आन्दोलन गर्दैन। यदि आन्दोलन गर्ने भए पद छाडेर सडक आए हुन्छ’, उनले भने।

प्रतिनिधिसभा विघटनको कदम सदर नहुने कुराले प्रधानमन्त्रीलाई आपत् परेको दाबी पन्तले गरे। ’मैले गरेको संसद् विघटन बदर हुँदैछ भन्ने प्रधानमन्त्रीले बुझिसकेका छन्’, उनले भने, ’त्यही भएर उनी अदालत र निर्वाचन आयोगलाई समेत धम्की दिन लागेका छन्।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img