spot_img

बारीमा बल खोज्न जाँदा ‘खरबुजा चोर्‍यो’ भन्दै हातखुट्टा बाँधेर ११ वर्षीय बालकलाई कुटपिट

spot_img

काठमाडौं । बारीमा क्रिकेट बल खोज्न जाँदा खरबुजा चो¥यो भन्दै हातखुट्टा बाँधेर बालकमाथि कुटपिट भएको छ ।११ वर्षीय बालकलाई हातखुट्टा बाँधेर यातना दिँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो सार्वजनिक भएपछि यातना बालकलाई दिने व्यक्तिको तीव्र आलोचना भएको छ ।

यो घटना कन्चनपुरको वेदकोट नगरपालिका–५ को हो । प्रहरीका अनुसार बालकको क्रिकेट खेतबारीमा हराएको थियो । त्यसपछि ती बालक क्रिकेट बल खोज्न भन्दै बारीमा पसेका थिए ।तर बल खोज्न खरबुजा बारीमा गएका बालकलाई भने खरबुजा चोरीको आरोप लागाउँदै अमानवीय व्यवहार गरिएको थियो । यसरी बालकलाई अमानवीय व्यवहार गर्ने व्यक्ति वेदकोट–५ का ३७ वर्षीय भोज नाथ रहेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

नाथको कुटपिटबाट ती बालकको टाउकामा चोट लागेको थियो । अहिले तीन टाँका लगाइएको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय कन्चनपुरका डीएसपी हेमबहादुर शाहीका अनुसार बालकलाई यातना दिने नाथविरुद्ध अहिले अनुसन्धान अघि बढाइएको छ ।

बालकका आमाबुवा मजदुरीको सिलसिलामा भारतमा छन् भने उनी हजुरआमासँग बस्दै आएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img