काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार पार्टी सचिवालयको बैठक भोलि मध्याह्न १२ः३० बजे बस्ने भएको हो।
बैठक काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्नेछ।बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आगामी कार्यक्रम तथा संगठनात्मक गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ।