चितवन, नेपाली – कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको परिवारले जनाएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुयाइएको थियो । अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।रानाभाटको पार्थिक शरीरलाई मंगलबार बिहान ८.३० देखि ९.३० सम्म अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिने र त्यसपछि देवघाटमा अन्तेष्टी गरिने जनाइएको छ ।