spot_img

ललितपुरको महालक्ष्मी नगरपालिका वडा न.५ टिकाथलिमा रहेको महेन्द्र ग्राम मा.विको नयाँ भवनको उद्घाटन

spot_img

ललितपुरको महालक्ष्मी नगरपालिका वडा न.५ टिकाथलिमा रहेको महेन्द्र ग्राम मा.विको नयाँ भवनको उद्घाटन गरिएको छ। वि.स २०१५ स्थापना भएको यश बिधालयको नयाँ भवनको शनिबार उद्घाटन गरिएको हो। भवन उद्घाटन तथा चन्दादाताहरुलाइ सम्मान कार्यक्रमको प्रमुख अतिथि पुर्व नगरप्रमुख, बाग्मती प्रदेशका पूर्व स्वास्थ मन्त्री समेत रहनु भएका सांसद रामेस्वर श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभयो। यस्तै विशेष अतिथिहरु नम्बर ५ का अध्यक्ष कपिल केसि,वडा नम्बर -७ का अध्यक्ष बाबुराजा महर्जन
जिसस सदस्य गिता खड्का,कार्यपालिका सदस्य रमेश मिजार,वडा सदस्य निरोज महर्जन,महिला सदस्य लक्ष्मी थापा,वडा सदस्य रमेश थापा लगायतका जनप्रतिनिधि को उपस्थिति रहेको थियोे।
यस्तै कार्यक्रममा वडा भित्रका स्थानीय चन्दादाता बुद्धिजिवि,विभिन्न संघसंस्थाका प्रतिनिधि,शिक्षक,विद्यार्थी र स्थानीयको सहभागीता रहेको थियो।
इतिहास बाइकको बिद्यालय शाघुरो भवनमा थियो। स्थानीय जनप्रतिनिधि र बुद्धिजिविको सक्रियतामा
वि.स २०७६ सालदेखि नयाँ भवन निर्माणका लागि चन्दा संकलन गरेर जग्गा किन्ने काम र भवन निर्माणको काम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले शिक्षामा भौतिक पुर्वाधार महत्त्वपूर्ण हुने तर अब भवन निर्माण सम्पन्न भएपछी गुणस्तरिय शिक्षामा ध्यान दिन शिक्षकहरुलाइ आग्रह गर्नुभयो। थप अन्य बिधालयका आवश्यकतालाइ प्रदेश सरकार समक्ष उठाउने बाचा समेत गर्नुभयो।

वडा नम्बर ५ का अध्यक्ष कपिल केसि नगरप्रमुख हरिगोबिन्द श्रेष्ठ र नगर उपप्रमुख लक्ष्मी महर्जन स्वास्थ समस्याका कारण उपस्थित उन नसकेको जनाकारी दिदैं बिद्यालयको जग्गा प्राप्ति र भवन निर्माणका लागि सुएउवात देखि आफू सक्रियता साथ लागेको बताउंदै स्थानीयले करोडौं चन्दा दान गरेको नगरपालिका र वडा कार्यालयले पनि ठुलो आर्थिक देखि धेरै सहयोग रहेको ले बताउनु भयो। आगामी दिनमा पनि बिधालयको सुधारको लागि आफू सधैं दत्तचित्त भएर लाग्ने उहाँको दाबी छ।

सरकारि बिद्यालयको गुरस्तर वृद्धि गर्न नगरपालिकाले निरन्तर लागिरहेको ७ का अध्यक्ष धर्म महर्जनले जानकारी दिनुभयो।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिनोद थापाले सबैभन्दा ठुलो दान शिक्षा गर्ने दान भएको बताउँदै धर्म कमाउन धामतिर होईन शिक्षामा दान गर्न सबैलाई अपिल गर्नु भयो।

प्रधानाध्यापक भरत खनालले बिद्यालयलाई अब कक्षा १२ सम्मको अध्ययन गर्ने बिद्यालयका रुपमा बिकास गर्ने र थप भवनको पनि आवश्यक रहेको ध्यानाकर्षण गराउनु भयो।बिधालयमा हाल ५ सय ७५ हाराहारी विद्यार्थीले अध्ययन गरिरहेको र माग धान नसकेको दुखेसो समेत उहाँको छ।

बिद्यालयको जग्गा प्राप्ति र भवन निर्माणका लागी १ करोड लाख ११ लाख चन्दा रकम उठेको,८० लाख महालक्ष्मी नगरपालिकाले सहयोग गरेको थियो। एडिबि सहित अन्य संघसंस्थाले पनि सहयोग गरिरहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img